Logo

सुर्य रेमिट १६औं वर्षमा


काठमाडौं– सुर्य रेमिटले स्थापनाको १५ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा रेमिटका संचालक अध्यक्ष संजय सिग्देलले कम्पनीको यो यात्रामा साथ दिने लगानीकर्ता, कर्मचारी तथा नियामक निकायलाई धन्यवाद दिए । उनले आगामी दिनमा रेमिटले अझै सफलता पाउनेमा आफू ढुक्क भएको बताए ।

यस्तै रेमिटका प्रमुख कार्यकारी अधिकृत श्रीदिप सिग्देलले नयाँ प्रविधिलाई आत्मसात गरी प्रविधिमैत्री रेमिटान्स कम्पनीका रुपमा भिन्दै पहिचान खडा गरी अगाडी बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा रेमिटको लगानीकर्ता, कर्मचारी र अन्य व्यक्तिहरुको उपस्थित थियो ।

सूर्य रेमिटले भारत र भुटान बाहेक विश्वका १७८ देशबाट रेमिटान्समार्फत ल्याएको रकम देशभरका आफ्ना प्रतिनिधिमार्फत ७७ जिल्लाबाट कारोबार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्