गो–एएमएल कार्यान्वयनमा «

गो–एएमएल कार्यान्वयनमा

मुलुकका सबै वाणिज्य बैंकहरूमा गो–एएमएल प्रणाली लागू भएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई माघ १ गतेदेखि अनिवार्य रुपमा गो–एएमएल प्रणालीमा रही कारोबार गर्न निर्देशन दिएको थियो । सोही अनुसार वाणिज्य बैंकहरूले उक्त प्रणालीबाट कारोबार सुरु गरिसकेका छन् । राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारणका लागि काम गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को नियमअनुसार गत महिना बैंक तथा वित्तीय संस्थालाई गो–एएमएल सफ्टवेयर राख्न निर्देशन दिएको थियो ।
निर्देशनअनुसार माघ १ गतेदेखि वाणिज्य बैंक र आगामी २०७७ असार १ गतेदेखि विकास बैंक र फाइनान्स कम्पनीहरूले गोएएमएल सफ्टवेयर अनिवार्य राख्नुपर्नेछ । गो–एएमएल वित्तीय क्षेत्रका लागि तयार गरिएको अन्तर्राष्ट्रियस्तरको सम्पत्ति शुद्धीकरण निवारणका लागि ल्याइएको सफ्टवेयर हो । जसअनुसार वाणिज्य बैंकहरूले वित्तीय जानकारी इकाईमा पेश गर्नुपर्ने सीमा तथा शंकास्पद कारोबार र क्रियाकलापको प्रतिवेदन अनिवार्य रुपमा विद्युतीय माध्यम गो–एएमएलमार्फत पेश गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्