एआई जडित सुपरसोनिक जहाज «

एआई जडित सुपरसोनिक जहाज

काठमाडौं । ध्वनि भन्दा तीव्र गतिमा उड्ने (सुपरसोनिक) र वातावरणमैत्री दुवै हुनेगरी भविष्यको उडान सेवाको डिजाइन गरिएको छ । अन्तरिक्ष यान (स्पेससीप) जस्तो यो जहाज एचएसपी म्यागनाभेममका लागि तयार गरिएको हो । स्पेससीप जस्तो यो जहाजको गति ११५० मीटर प्रतिघन्टा देखि १८५२ किलोमिटर प्रतिघन्टासम्मको रहेको छ ।
ध्वनिको गतिभन्दा तीव्र गतिमा उड्ने हाइपरसोनिक हवाईजहाजले न्यूयोर्क र लन्डनबीचको यात्रा अवधि घटाएर ३ घन्टामा ल्याउनेछ । यो अहिले उड्न जहाजले अहिले खर्चने औसत समयको आधाभन्दा कम हुन्छ । गतिको विशेषताभन्दा पनि यसको चकित पार्ने विशेषता भनेको यसले शून्य कार्बन उत्सर्जन गर्नेछ । यसको उडानलाई ऊर्जावान बनाउन कम्प्याक्ट फ्युजन रिएक्टर (सीएफआर) सहयोग गर्छ ।
यसको डिजाइन ओस्कार भिनाल्सले गरेका छन् । डिजाइनर भिनाल्सका अनुसार हवाई उद्योगको क्षेत्रमा यसले क्रान्तिकारी छलाङ मार्नेछ । यो विमान सीएफआरबाट सञ्चालन हुनेछ । यो विमान योजनाका अनुसार यो रिएक्टरले म्यागाभेमलाई अविश्वसनीय परिणाममा विद्युतीय ऊर्जा दिन्छ । यसले वातावरणका लागि कुनै मूल्य भुक्तान गर्नुपर्ने हुँदैन ।
सूर्यले गर्ने कामजस्तै परमाणु न्युक्लियर फ्युजन एक काम हो । सूर्यले गर्न सो कार्यजस्तै सीएफआरले गर्छ । यो प्रक्रिया चुम्बकीय भाँडोको सहयोगमा हुन्छ । यो प्रक्रियाबाट हाइड्रोजनबाट ऊर्जा निकालिन्छ । यो विधिबाट नियन्त्रित ऊर्जालाई प्रयोग गर्न सकिन्छ । समग्रमा भिनाल्सले आफूले डिजाइन गरेको हलुका वजनका विमानले करिब ५०० यात्रुलाई बोकेर उड्न सक्ने विश्वास व्यक्त गरे । प्रविधिहरूको सहयोगमा उनले डिजाइन गरेको यो सुपरसोनिक जहाज रिचार्ज अति छिट्टै हुन सक्छ ।
स्पेनको बार्सिलोनाका भिनाल्स यो कार्यमा एक वर्षभन्दा बढी समयदेखि संलग्न रहिआएका छन् । उनले डिजाइन गरेको यो विमानमा कार्बनडाइक्साइड सफा पार्ने प्रणाली छ । यसबाट हवाइजहाजबाट हुने वातावरणीय प्रदूषणबाट बचाउने उनले जनाए । यो प्रविधिमा प्रयोग गरिएको आन्तरिक क्रृत्रिम बौद्धिकता अर्थात् एआई प्रविधिले विमानको क्रियाकलापलाई अधिकतम रूपमा सञ्चालन गर्न सहयोग गर्छ । यो विमानको नाम म्यागानाभेम ल्याटिन शब्दको संयोजनबाट गरिएको छ । म्याग्ना अभेम भनेको विशाल चरा हो ।
सैद्धान्तिक रूपमा यो विमान बनिसकेको उनले जनाए । यसको सजावटका लागि गर्नुपर्ने केही काम पूरा हुन बाँकी छ । यो विमानका बारेमा प्राप्त सकारात्मक प्रतिक्रियाबाट आफू उत्साही भएको ४० वर्षीय भिनाल्सले जनाए । उनले भने, “सीएफरको प्रयोग गरी अतुलनीय शक्ति र ठूलो परिमाणको ऊर्जा उत्पादनबाट यो विमान सञ्चालित हुने सम्भाव्यताबाट सर्वाधिक उत्साहित भएको छु ।” यसका साथै प्लाज्मा इनर्जीले वा एआई सिस्टमको प्रयोगबाट यो विमान उड्नेछ ।
यो विमानको सर्वाधिक महत्वपूर्ण पक्ष भनेको यसले काबर्नडाइक्साइडलाई सफा गरी वातावरणलाई सुरक्षित गर्न सहयोग गर्ने विषयलाई विर्सन नहुने उनले जनाए । ५० वर्षअघि परमाणु ऊर्जाको प्रयोगबाट विमान चलाउन सक्ने विषयबाट विश्वलाई उत्साहित बनाएको थियो । यो दिन बल्ल आएको छ । यसको व्यापक प्रयोगमा समस्या थियो । परमाणु विखन्डन (फिसन) को प्रवाहलाई रोक्ने लगायतका समस्या थियो । यसका लागि न्यूक्लियर रिएक्टरहरू अहिले छन् ।
यसबाट उत्पन्न हुने प्रदूषणलाई सफा गरी ऊर्जाको सुरक्षित स्रोतको विकास भएको छ । जब एक अणु दुई साना टुक्रामा विभाजन हुन्छ, त्यतिखेर फिसन उत्पन्न हुन्छ । यतिखेर एक किसिमको विस्फोटन सिर्जना हुन्छ र ताप ऊर्जा प्राप्त हुन्छ । फिसन त्यो प्रक्रिया हो, जसबाट ग्यास तातिन्छ र यसका आयन र इलेक्ट्रोनहरू टुक्रिन्छन् । जब आयनहरू पर्याप्त रूपमा तातिन्छन्, उनीहरू परस्पर विकर्षणमाथि नियन्त्रण गर्न सक्छन् र एकसाथ फ्युजन भएर जान्छन् । जब यो प्रक्रिया घटित हुन्छ, त्यतिखेर अतिधेरै ऊर्जा उत्पन्न हुन्छ ।
यो ऊर्जा कुनै रासायनिक प्रतिक्रियाले उत्पादन गर्ने ऊर्जाको भन्दा १० लाख गुना बढी ऊर्जा उत्पन्न हुन्छ । साथै यो फिसन रिएक्सन भन्दा तीनचार गुना ढी उर्जा उत्पादन गर्छ । यो फिसन रिएक्सन हाइड्रोजनका दुई आसोटप्सबाट सहजतम प्रतिक्रिया हो ।
हाइड्रोजनका आइसोटप्स डेउटेरियम पानीबाट र ट्रिटियम लिथियमको सम्पर्कमा सम्पन्न हुने फ्युजन प्रक्रियाबाट प्राप्त हुन्छ । जब डेउट्रियम र ट्रिटियम न्यूक्ली फ्युज हुन्छ, तब उनीहरूले हिलियमको न्युक्लियस तयार गर्छ, जसलाई न्यूट्रन भनिन्छ । यसबाट धेरै ऊर्जा उत्पन्न हुन्छ । एउटा रिएक्टर ट्रकमा राख्नेजति सानो हुन्छ र यसले १ लाख मानिसहरू भएको कुनै सहरलाई पर्याप्त ऊर्जा उपलब्ध गराउन सक्छ ।
इन्धन र प्रकाशका लागि न्यूक्लियर पावरको विषय पहिलो पटक जानकारी भएको होइन । शीतयुद्धका बेला एक विमान पश्चिममा उडेर यो लक्ष्य प्राप्त गर्नसम्म पुरायायो । सन् १९५० को दशकको सुरूवातमा अमेरिकी वायु सैनिकले कनभायर बी ३६ बम वर्षक विमान बनाएको थियो । जसलाई एनबी ३६ एच भनिन्छ । यसले ४७ पटक उडान भर्यो । तर त्यसबेला रिएक्टरलाई विमान चलाउन चाहिने ऊर्जाको परीक्षण गरिएको थिएन ।

प्रतिक्रिया दिनुहोस्