Logo

फागुन ७ मा ११औं कागेश्वरी मनोहरा पर्यटन महोत्सव

काठमाडौं– काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी धाममा यही फागुन ७ गते पर्यटन महोत्सव हुने भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको आयोजनामा महोत्सव हुन लागेको हो ।

नगरपालिका भित्र रहेको विभिन्न व्यवसाय र पर्यटकीय क्षेत्रलाई महत्त्व दिनु महोत्सवको उद्देश्य रहेको आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा हाँस्य व्यङ्ग्यदेखि गायन क्षेत्रका कलाकारको प्रस्तुति हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्