गुहेश्वरी मर्चेन्ट फाइनान्सको वित्तीय साक्षरता

काठमाडौं– गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले काठमाडौं महानगरपालिका–६ बौद्धमा अवस्थित अरुणिमा एजुकेशन फाउन्डेसनमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
डिजिटल बैंकिङअन्तर्गत ग्राहकले जुनसुकै स्थानबाट बैंकिङ सेवा प्रयोग गर्न सकिने हुँदा समय र श्रमको बचत भई आफ्नो खाता र बैंकिङ कारोबारलाई सुरक्षित राख्न पासवर्ड र दुई–चरण प्रमाणीकरण जस्ता उपायहरू प्रयोग गर्न सकिने विषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।
आफ्नो खाता र बैंकिङ कारोबारको जानकारी तुरुन्तै लिन सक्ने, मोबाइल एप्स र वेबसाइटमार्फत सजिलै पैसा पठाउन र प्राप्त गर्न सकिने विषयमा वित्तीय जानकारी दिई डिजिटल बैंकिङबारे साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रममा संस्थाका बौद्ध शाखाका शाखा प्रबन्धक दिगम्बर श्रेष्ठ, सूचना प्रविधि विभागका विभागिय प्रमुख सुजन डंगोल तथा अन्य कर्मचारी र विद्यालयका प्रिन्सिपल ईश्वरीप्रसाद न्यौपानेको उपस्थिति रहेको थियो ।
संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत यस संस्थाले विगत वर्षदेखि नै वित्तीय साक्षरता तथा सामाजिक कार्यमा सहभागीता जनाउँदै आएको छ ।