नेशनल लाईफको एमडीआरटी तालिम सम्पन्न

काठमाडौं– नेशनल लाईफ इन्स्योरेन्सले चितवनमा एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
अभिकर्ताहरुको अन्तर्राष्ट्रिय फोरम एमडिआरटीले एमडिआरटी २०२५ मा छनौट हुनका लागि तोकेको बीमाशुल्क संकलन गरी नेपालभरबाट छनौट भएका १०० जना एमडिआरटी अभिकर्तालाई सम्मान गरेको छ ।
समारोहमा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै केही नयाँ अभ्यास सुरु गरेको बताए ।
एमडिआरटी २०२५ मा तोकिएको करिब ४७ लाखदेखि ३ करोडसम्मको बीमाशुल्क संकलन गरी ९४ जनाले एमडिआरटी ३ जनाले सिओटी र २ जनाले टिओटीको लक्ष्य हासिल गर्न सफल सबै १०० जना अभिकर्तालाई कम्पनीले सम्मान गरेको हो ।