Logo

‘सानिमा फ्लेक्सी फण्ड’ ले पायो सञ्चालनको अनुमति

काठमाडौं– सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने चौथो तथा पहिलो खुलामुखी योजना ‘सानिमा फ्लेक्सी फण्ड’ सञ्चालन गर्ने अनुमति पाएको छ ।

यस योजनाको पहिलो चरणमा स्वीकृत आकार एक अर्ब रहेको छ । खुलामुखी प्रकृतिको यस सामूहिक लगानी कोष योजनाको कुल आकार प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरको १० करोड इकाईमध्ये ४० प्रतिशत अर्थात् चार करोड इकाई प्रथम चरणमा सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरिनेछ ।

उक्त निष्काशन गरिने इकाई मध्ये योजनाको कुल आकारको १५ प्रतिशत इकाईमध्ये कोष प्रवर्द्धक सानिमा बैंकलाई १३ प्रतिशत इकाई तथा सानिमा क्यापिटललाई २ प्रतिशत इकाई सुरक्षित राखी बाँकी रहने ८ करोड ५० लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणमा २ करोड ५० लाख इकाई सार्वजनिक रुपमा बिक्रीको लागि खुल्ला गरिनेछ ।

यस योजना एक खुलामूखी प्रकृतिको योजना भएकाले यसका इकाईहरु कुनै पनि धितोपत्र बजारमा सूचिकरण नहुने हुँदा यस योजनाको सार्वजनिक निष्काशन पश्चात दोस्रो चरणमा सामूहिक लगानी कोष नियमावली, २०६७ वमोजिम योजनाको इकाई योजना व्यवस्थापक तथा योजना व्यवस्थापकले तोकेको वितरकहरु मार्फत निरन्तर खरिद बिक्रीको लागि खुल्ला गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्