Logo

सात सय बढ्यो सुनको मूल्य

काठमाडौं- अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा मंगलबार प्रतितोला सुनमा ७ सय रुपैयाँले बढेको छ ।

सोमबार प्रतितोला सुन एक लाख ६८ हजार ७ सय रुपैयाँमा खरिदबिक्री भएकोमा सोही परिमाणको सुन मंगलबार बढेर प्रतितोला एक लाख ६९ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔँस दुई हजार ९१४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्