नोकिया, सामसङ र सोनीको वर्चस्व

काठमाडौं । हरेक वर्ष प्रविधिसँग सम्बन्धित दर्जनौं ठूला मेला तथा सम्मेलनहरू हुन्छन् । सम्मेलनमध्ये अमेरिकामा हुने कन्जुमर टेक्नोलोजी एसोसिएसन (सिइएस) सम्मेलन र स्पेनको बार्सिलोनामा हुने मोबाइल वल्र्ड कंग्रेस (एमडब्लुसी) सम्मेलन अग्रपंक्तिमा छन् । सिइएस गत महिना सकिएको छ भने एक साता लामो एमडब्लुसी बिहीबार सकिएको छ । यतिबेला चर्चा एमडब्लुसीकै छ ।
सीइएसमा समग्र इलेक्ट्रिनिक्स सामग्री प्रदर्शन गरिन्छ भने एमडब्लुसी कम्पनीहरूको नयाँ मोबाइल र अन्य ग्याजेटहरू प्रदर्शनी तथा नयाँ प्रविधिबारे बहस गर्ने थलो हो । यतिबेला विश्व टेक्नोलोजी मार्केटमा एमडब्लुसीमा सार्वजनिक भएका ग्याजेटकै चर्चा बेसी पाइन्छ । विश्वमै चलेका टेक मिडियामा पर्ने सीनेट, मासबल, एन्ड्रोइड सेन्ट्रल, टेककन्च, ब्लुम्बर्गलगाएतका हजारौं मिडियामा चर्चाको विषय नै बनेका छन् विश्वमा यो वर्ष र आगामी वर्ष बजारमा आउने नयाँ ग्याजेटका बारेमा । यिनै सञ्चारमाध्यममा आएका खबरहरू र एमडब्लुसीको साइट तथा लाइभ अपडेटहरूसमेत अवलोकन गर्दा यो वर्षको एमडब्लुसीका मुख्य हाइलाइट भनेका सामसङको नयाँ फ्ल्यागशीप फोन, नोकियाका उत्पादनहरू, भिभोको उत्पादन, गुगल एसिस्टेन्ट, फाइभजी प्रविधि, आर्टिफेसियल इन्टिलिजेन्टलगाएतका नयाँ प्रविधि केन्द्रीय बहसका विषय बनेका छन् ।
एमडब्लुसी गत २६ फेब्रुअरीदेखि १ मार्चसम्म चल्यो । यसो त सम्मेलनको मुख्य थिम मोबाइल फोनभन्दा पनि मोबाइल प्रविधिको प्रवद्र्धन रहेको छ । एआइको प्रयोग, प्रविधिमा नयाँ आविष्कार, फोन नेटवर्क, भविष्यका सेवा प्रदायक, विषयवस्तु र भिडियो तथा डिजिटल उपभोक्तालाई मुख्य विषयका रूपमा रहे यो वर्षको सम्मेलनका । यी विषयमा बहसका अलावा स्मार्टफोनका भइरहेका नयाँ प्रयोग भने चर्चाको केन्द्रमै देखियो, जसमा स्मार्टफोनमा एआइको प्रयोगदेखि स्मार्टफोन स्क्रीनको गुुणस्तरसम्मका चर्चा भएका छन् । सामसङले आफ्नो पछिल्लो फ्ल्यागशीप स्मार्टफोन ग्यालेक्सी एस नाइन र एस नाइन प्लस सार्वजनिक गरेको छ भने भिभो, एलजीलगाएतका स्मार्टफोनले पनि आफ्ना उत्पादन सार्वजनिक गरेका छन् । फ्ल्यागशीप किलर नामले चिचिने वनप्लसले भने एमडब्लुसीमा कुनै उत्पादन सार्वजनिक गरेको छैन भने पछिल्लो समयमा आक्रामक बजार विस्तार गरिरहेको साओमीले पनि नयाँ उत्पादन घोषणा गरेको छैन । बरु साओमीले अघिल्लो साता भारतमा साओमी नोट फाइभ प्रो सार्वजनिक गरेर चर्चा बटुलिरहेको छ ।
यी हुन् एमडब्लुसीमा सार्वजनिक गरिएका केही नयाँ स्मार्टफोन ।
सामसङ ग्यालेक्सी एस नाइन र एस नाइन प्लस
एमडब्लुसीको सुरुवातमै सामसङले ग्यालेक्सी सिरिजको एस नाइन र एस नाइन प्लस सार्वजनिक गरेको छ । विश्वकै नम्बर एक स्मार्टफोन उत्पादकका रूपमा पहिचान जारी राखेको कम्पनी भएकाले पनि यी दुई फोनको चर्चाले विश्व टेक मार्केट तताएको छ । दुवै फोन कम्पनीको अघिल्लो सिरिज ग्यालेक्सी एस एट र एस एट प्लसजस्तै देखिन्छन् । नयाँमा फरक भनेको क्यामरामा गरिएको हेरफेर, प्रोसेरमा अपग्रेड, स्टेरियो स्पीकरलगाएत छन् । मार्चमै विश्व बजारमा पुपुराइने एस नाइनको सुरुवाती मूल्य ७२० डलर छ ।
सामसङ ग्यालेक्सी एस ९ फोन चार जीबी र ६४ बिट एक्स्ट्राकोर चिपसेटसहित अक्टाकोर क्वालकम स्न्यापड्रेगन ८४५ प्रोससर जडित छ भने सामसङ ग्यालेक्सी एस ९ प्लसमा ६ जीबीको ¥याम छ भने प्रोसेसर भने एउटै छ । ग्यालेक्सी एस ९ मा पिक्जेल प्रतिइन्च (पीपीआई) ५३१ रहेको ५.८ इन्चको क्वाड एचडी सुपर एमोलेड स्क्रिन छ । सामसङ ग्यालेक्सी एस ९ प्लसमा ६.२ इन्चको क्वाड एचडी प्लस कभ्र्ड सुपर एमोलेड स्क्रिन छ । यसको पिक्सेल प्रतिइन्च (पीपीआई) ५६८ रहेको छ । वायरलेस चार्जिङको सुविधा दुबै फोनमा छ । सामसङ ग्यालेक्सी एस ९ फोनमा ३ हजार एमएएच व्याट्री छ भने एस ९ प्लसको व्याट्री ३ हजार ५ सय एमएएचको व्याट्री राखिएको छ ।
नोकिया ८११० फोरजीदेखि नोकिया एटसम्म
नोकियाले एकै पटक पाँच ओटा फोन सार्वजनिक गरेको छ । कुनै बेला मोबाइल फोनको पर्यायजस्तै बनेको नोकिया स्मार्टफोन आउन थालेपछि भने ओझेल पर्यो । समयमा सही निर्णय गर्न नसकेको नोकियाको स्थान अहिले सामसङले लिइरहेको छ । नोकियाले झन्डै आधा दशकपछि पुनः स्मार्टफोन मार्केटमा आफूलाई खरो उतारेको छ । यस्ता सम्मेलनलाई नोकियाले अवसरको रुपमा प्रयोग गर्दै आएको पनि पाइन्छ । नोकियाले सार्वजनिक गरेको फोनहरूमा नोकिया ८११० फोर जी, नोकिया ६ (२०१८), नोकिया वान, नोकिया सेभेन प्लस र नोकिया एट सिरिजको रहेका छन् । नोकिया ८११० फोरजी फोन विश्वकै पहिलो फोरजी फिचर फोन हो भने बाँकी फोन स्मार्टफोन हुन् ।
नोकिया ८११० फोरजी फोनलाई बनाना फोन पनि भनिएको छ । ब्याट्रि धेरै टिक्ने र फिचर फोनमा फोर जी नेटवर्क पनि चल्ने स्लाइडर फिचर भएको फोन हो यो । नोकियाले आफ्नो पुरानो मोडेल ३३१० सम्झाउँदै स्मार्टफोनसँगै फिचर फोन पनि सार्वजनिक गर्दै आएको छ । नयाँ फिचर फोनको फरक विशेषता भनेको यसमा गुगल असिस्टेन्ट पनि चल्नेछ । नोकिया ८ सिरिको नयाँ मोडेलको स्मार्टफोन हो । गत वर्षदेखि एचएमडी ग्लोबलले आक्रामक रूपले बजारमा ल्याउन थालेको मोबाइलमध्ये नोकिया एट सिरिको महँगो रेन्जको हो । फ्ल्यागशीप फोनहरूसँग प्रतिस्पर्धामा उत्रन कम्पनीले यसको ¥याम, स्टोरेज, प्रोसेसर र क्यामरालाई चलेका ब्राण्डका फ्ल्यागशीप फोन सरह बनाएको छ । ड्युल क्यामरासहितको नोकिया सेभेन पनि मिड रेन्जमा हाइ रेन्जको फिचर दिइएको फोन मानिएको छ । नोकिया ६ (२०१८) भने कम्पनीको गत वर्षको फोनको अपग्रेड भर्सन हो । नोकिया वान गुगलको एन्ड्रोइड गो अपरेटिङ सिस्टमबाट चल्ने फोन हो । सुरुवाती मूल्य १०० डलर रहेको यो फोन कम्पनीको हालसम्मकै सस्तो एन्ड्रोइड फोन हो ।
सोनी एक्सपेरिया एक्सजेड टु, एक्सजेट टु कम्प्याक्ट, इयर डिउ
मोबाइल बजारमा प्रतिस्पर्धामा चुनौति भोगिरहेको कम्पनी हो सोनी । सोनीको एक्सपेरिया मोडेलका फोनहरू साउन्ड सिस्टम र क्यामराका लागि राम्रा फोनका रूपमा पहिचान बनाउँदै आएका छन् । इलेक्टिङ सामग्रीमा भन्दा बढी कम्पनीले मोबाइलमा प्रतिस्पर्धा धेरै गर्नुपरेको देखिन्छ । आफ्नो अस्तित्वलाई दर्शाउन पनि सोनीले एमडब्लुसीमा एक्सपेरिया एक्सजेड टु, एक्सजेट टु कम्प्याक्ट, इयर डिउ सार्वजनिक गरेको छ ।
सोनीको एक्सपेरिया एक्सजेट कम्पनीकै ठूलो अकारको फ्ल्यागशीप फोन हो । १८ः९ रेसियोको डिस्प्ले, डाइनामिक भाइब्रेसन सिस्टम लगाएतका विशेषतासहितको फोन आकर्षक डिजाइनमा छ । यद्यपि यसको मूल्य भने सार्वजनिक गरिएको छैन । सोनी एक्सपेरिया एक्सजेड कम्प्याक्ट स्मार्टफोन स्न्यापड्रागन ८४५ जडित ४ जीबी ¥याम फोन हो । स्मार्टफोनसँगै कम्पनीले एक्सपेरिया इयर डिउ आकर्षक हेडसेट पनि सार्वजनिक गरेको छ । बजारमा आउने फोनहरूसँग प्रतिस्पर्धा गर्न सोनीको फोनको मूल्यले भने फरक पार्नेछ ।
आसुस जेनफोन फाइभ र अरु पनि
आसुस जेनफोनको चर्चा गरिएन भने एमडब्लुसीको चर्चा अधुरो रहन सक्छ । किनकी आसुसले जेनफोनको पाँचांै सिरिज सार्वजनिक गरेको छ, जसमा एआई पावर जडित छ । मोबाइल बजारमा न्यून हिस्सा रहे पनि कम्पनीको नयाँ फोनले भने राम्रै चर्चा जमाएको छ । ‘झट्ट हेर्दा आइफोन एक्सलाई नै विर्साउने खालको फोन’ का रुपमा सम्मेलनमा सहभागी पत्रकारहरूले सञ्चारमाध्यमहरूमा लेखेका छन् । कम्पनीले आसुस जेनफोन फाइभ, जेनफोन एस जेट र जेनफोन लाइट तीन वटा फोन सार्वजनिक गरेको छ । एआइ जडित १२० डिग्री वाइड क्यामरा क्यामरा, आकर्षक डिजाइन, फुल स्क्रीन ठूलो डिस्प्ले, आठ जीवी ¥याम, २५६ जीवी स्टोरेजलगाएत यसका फिचर हुन् ।
एमडब्लुसीमा अन्य कम्पनीले पनि स्मार्टफोन र ग्याजेटहरू सार्वजनिक गरेका छन् । हुवावेले मेटबुक एक्स प्रो र मिडियाप्याड ५ एन्ड्रोइड ट्याबलेट सार्वजनिक गरेको छ । एलजीले पनि भी ३० एस थिनक्यु फ्ल्यागशीप फोन सार्वजनिक गरेर उपस्थिति जनाएको छ भने जेडटिइले पनि ब्लेड भी नाइट सार्वजनिक गरेको छ । अन्यमा अल्काटेलले सस्तो फोन सार्वजनिक गरेको छ भने भिभोले भिभो एपेक्स कन्सेप्ट फोन सार्वजनिक गरेको छ । जसले आउँदा दिनमा फोनको डिजाइन र फिचर कस्तो हुने भन्ने झल्को दिएको छ । गुगलले गुगल असिस्टेन्टलाई अपग्रेट गरेको घोषणा पनि यसै सम्मेलनमा गरेको छ । यससम्बन्धी थप सामग्रीहरू सञ्चारमाध्यममा आगामी दिनहरू थप आउनेछन् ।
का लागि समेत संख्या घटाउनुपर्ने विभिन्न अध्ययनहरूले समेत देखाएका छन् । सहकारीको संख्या घटाउनका लागि विभागले सहकारी एकीकरण कार्यविधि जारी गरे पनि सहकारीको संख्या घट्न सकेको छैन ।