Logo

१२ सय बढ्यो सुनको मूल्य

काठमाडौं- सुनको मूल्य तोलामा एक हजार दुई सय बढेको छ । आइतबार प्रतितोला एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन सोमबार प्रतितोला एक लाख ६८ हजार सात सय रुपैयाँमा खरिद बिक्री भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । सोमबार चाँदी प्रतितोला एक हजार नौ सय ७० रुपैयाँमा खरिदबिक्री भएको छ । अन्तरराष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔँस दुई हजार नौ सय अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्