२७ सय बिन्दु नजिक पुगेको शेयर बजारमा साढे ९ अर्ब कारोबार

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.५६ अंकले बढेर २७ सय बिन्दु नजिक पुगेको छ । आइतबार नेप्से परिसूचक १९.५६ अंकले बढेर २ हजार ६९८.०३ बिन्दुमा कायम भएको हो । यस्तै आइतबार ९ अर्ब ४७ करोडको कारोबार भएको छ । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, हिमालयन पावर पार्टनर, न्यादी हाइड्रोपावर र सप्तकोशी विकास बैंक क्रमश: अगाडि रहेका छन् ।
१ सय ७६ कम्पनीको मूल्य बढ्दा ६३ को घट्यो भने ४ को स्थिर रहे । फाइनान्स समूह सबैभन्दा धेरै ४.९४ प्रतिशत बढेको छ । बैंकिङ ०.९८, विकास बैंक ०.०८, होटल तथा पर्यटन १.९५, हाइड्रोपावर ०.३६, लगानी १.१७, जीवन बीमा ०.३९, उत्पादन ०.२०, माइक्रोफाइनान्स १.८६, अन्य ०.३८ र व्यापार ०.२५ प्रतिशत बढे ।
निर्जीवन बीमा १.२८ प्रतिशत घट्यो । ६ कम्पनी विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, नेपाल फाइनान्स, जानाकी फाइनान्स, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै न्यादी हाइड्रोपावरको १० प्रतिशत घट्यो । एनएलजी इन्स्योरेन्सको ९.५५, बाराही हाइड्रोपावरको ७.४१, कर्पोरेट डेभलपमेन्ट बैंकको ५.८ प्रतिशत घट्यो ।