बजाजलाई उछिन्यो होन्डाले

नेपालको दुईपाङ्ग्रे सवारी बजारमा बजाजलाई होन्डाले उछिनेको छ । सन् २०१५ अप्रिलदेखि २०१६ जनवरीसम्मको १० महिना अवधिमा नेपाली बजारमा भित्रिएका दुईपाङ्ग्रे सवारीको तथ्यांकअनुसार नेपाली बजारमा बजाजलाई होन्डाले उछिनेको पाइएको हो । २०१५÷१६ को १० महिनामा बजाजका ३० हजार १ सय ८८ मोटरसाइकल आयात भएकोमा ०१६÷१७ को सोही अवधिमा ५३ हजार १ सय २७ मोटरसाइकल आयात भएको भन्सारको तथ्यांकमा छ । सोही अवधिमा होन्डाका भने ५५ हजार ६ सय ४२ मोटरसाइकल भित्रिएको तथ्यांक छ ।
२०१५÷१६ मा बजाजको नेपाली मोटरसाइकल बजार हिस्सा ३० प्रतिशत रहेकोमा २०१६÷१७ मा २ प्रतिशतले खुम्चिएर २८ प्रतिशतमा सीमित भएको देखिन्छ । ०१५÷१६ मा २४ हजार ८ सय ५३ वटा मोटरसाइकल आयात गरेको होन्डाले ०१६÷१७ मा ५५ हजार ६ सय ४२ पु¥याएको छ । समग्र बजार हिस्सा हेर्दा ०१५÷१६ मा २५ प्रतिशत रहेको होन्डाले ०१६÷१७ मा आइपुग्दा यो हिस्सा २९ प्रतिशत पु¥याएको छ । हिरोहोन्डा संयुक्त कम्पनी कायम हुँदा नेपालमा यसकै बजार बर्चश्व कायम थियो । तर २०१४ पछि हिरो र होन्डा अलगअलग कम्पनी भएसँगै बजाज नम्बर एकमा उक्लिएको हो । ०१६÷१७ को भन्सारको तथ्यांकमा भने बजाजलाई होन्डाले १ प्रतिशतले उछिन्न सफल भएको देखिन्छ । नेपाली बजारमा बजाजका बिभिन्न मोडल र सिसीका पल्सर तथा एभेञ्जर, डिस्कभर, प्लाटिनालगायतका मोटरसाइकल बिक्री हुन्छन् । यस्तै, होन्डाका साइन, युनिकर्न, हर्नेटलगायतका बिभिन्न मोडलका मोटरसाइकल बढी बिक्री हुन्छन् ।
यस्तै, होन्डा र बजाजपछि धेरै बजार हिस्सा हुने कम्पनीको सूचिमा यामाहा रहेको छ । ०१५÷१६ मा चौथो स्थानमा रहेको यामाहा ०१६÷१७ मा आइपुग्दा तेस्रो स्थानमा पुग्न सफल भएको छ । यो वर्ष यामाहाको एफजेडएस मोटरसाइकल अत्यधिक बिक्री भएको छ । ०१५÷१६ मा १६ हजार ८ सय ५५ मोटरसाइकल आयात गर्दा १७ प्रतिशत बजार हिस्सा रहेको यामाहाको ०१६÷१७ मा २९ हजार १ सय ६३ वटा मोटरसाइकल आयात हुदा बजार हिस्सा १५ प्रतिशत रहेको छ । यामाहा आफैंमा भने आफ्नो २ प्रतिशत बजार हिस्सा गुमाएको छ । ०१५÷१६ मा १९ हजार २ सय ३० मोटरसाइकल आयात गरि १९ प्रतिशत बजार हिस्सासहित तेस्रो स्थानमा रहन सफल हिरो ०१६÷१७ मा भने २६ हजार ४ सय ६२ मोटरसाइकल आयात गर्दा १४ प्रतिशत बजार हिस्साका साथ चौथो स्थानमा पुगेको छ ।
०१६÷१७ को १० महिनाको मोटरसाइकल आयातको तथ्यांकमा पाँचौ स्थानमा रहेको टीभीएसको ७ प्रतिशत बजार हिस्सा हुँदा १४ हजार ५१ मोटरसाइकल आयात गर्न सफल भएको छ । ०१५÷१६ मो सोही अवधिमा ३ हजार ८ सय ९८ मोटरसाइकल ल्याएको टीभीएसको बजार हिस्सा ४ प्रतिशतमात्र थियो । यस्तै, बजार हिस्साको आधारमा छैटौं स्थानमा रहेको सुजुकीले ३ प्रतिशत बजार ओगटेको देखिन्छ । ०१५÷१६ मा २ हजार ५ सय ३७ मोटरसाइकल आयात गरेको सुजुकीले ०१६÷१७ मा संख्या बढाएर ४ हजार ९ सय ८ पु¥याएको छ । आयात तथ्यांकका आधारमा सातौं स्थानमा रहेको महिन्द्रा मोटरसाइलले नेपाली बजारमा १ प्रतिशत हिस्सा ओगटेको छ । साथै अन्य कम्पनीहरूको बजार हिस्सा ०१५÷१६ को तुलनामा ०१६÷१७ मा १ प्रतिशतले बढेर ३ प्रतिशत पुगेको छ ।