मदनकृष्णको ‘महको म’ भदौ २० मा

प्रख्यात हास्यकलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ भदौ २० मा सावर्जनिक हुने भएको छ। बुधबार झम्सिखेलस्थित मोक्ष रेष्टुरेन्टमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिइएको हो।
पत्रकार सम्मेलनमा बोल्दै महका अर्का सदस्य हरिवंश आचार्यले सबै मानिसको आत्मकथा हुने बताए। ‘सबै मानिसको आत्मकथा हुन्छ। कसैले लैख्छन्, अरु धेरैले लेख्दैनन्’, उनले भने।
कार्यक्रममा हास्यकलार श्रेष्ठ र प्रकाशक फाइनप्रिन्टका कार्यकारी अधिकृत नीरज भारीले पुस्तक करारमा हस्ताक्षर गरे। ‘म त साधारण मानिस। बेन्जामिन फ्र्याङ्लिन, अब्राहम लिङ्कन, महात्मा गान्धी, बीपी कोइरालाजस्तै मेरो कुनै ठूलो योगदान छैन, मेरा आत्मकथा कसले पढ्ला, मेरो जीवनमा त्यस्तो के उल्लेख्य होला भनेर सोच्थें’, उनले भने, ‘तर साथीभाइको सल्लाह, प्रेरणा, दबाबले मैले लगभग ६ वर्ष अघि आत्मकथा लेख्न सुरु गरेँ।’
पत्रकार सम्मेलनमा बोल्दै महका अर्का सदस्य हरिवंश आचार्यले सबै मानिसको आत्मकथा हुने बताए। ‘सबै मानिसको आत्मकथा हुन्छ। कसैले लैख्छन्, अरु धेरैले लेख्दैनन्। म खुसी छु, मदन दाइको पनि आत्मकथा आउन लागेको छ। यो मेरो पनि आत्मकथा हो, त्यसैले मलाई मेरै आत्मकथा आउन लागेझैं महसुस भइरहेको छ’, उनले भने।
आत्मकथा लगभग एक लाख पाँच हजार शब्दको हुने फाइन प्रिन्टका सिइअाे निरज भारीले जानकारी गराए। नेपालको हाँस्यव्यंग्य विधाको सशक्त जोडी महकै अात्मकथा प्रकाशन गर्न पाउँदा अाफूलाई गौरव लागेको उनले बताए। चार वर्षअघि फाइन प्रिन्टले हरिवंशको अात्मकथा चिना हराएको मान्छे प्रकाशन गरेको थियो।