Logo

२७ सय घट्यो सुनको मूल्य

काठमाडौं- अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला दुई हजार ७ सय र चाँदी १५ रुपैयाँले घटेको हो ।

गत शुक्रबार प्रतितोला सुन एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएकामा आइतबार सोही परिमाणको सुनको मूल्य एक लाख ६७ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । आइतबारका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ५५ रुपैयाँ निर्धारण गरिएको छ । अन्तरराष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस दुई हजार आठ सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्