सिभिल इन्जिनिरिङ सम्बन्धी पुस्तक सार्वजनिक
इन्जिनियर जनकराज पन्तसहितका लेखकहरुद्वारा लिखित सामग्री समावेश गरी ‘अब्जेक्टिभ बुक फर सिभिल इन्जिनियर्स’ नामक ८ सय पृष्ठको पुस्तक सार्वजनिक भएको छ । हालै राजधानीमा आयोजित एक कार्यक्रममा सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, कृषि सडक विभागका महानिर्देशक रामचन्द्र श्रेष्ठ, पूर्वसचिव भीम उपाध्याय, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लेखा विभाग प्रमुख पार्वती शर्माले संयुक्त रुपमा पुस्तक विमोचन गरेका थिए ।