Logo

सामसङ ग्यालेक्सी एस२५ सिरिज नेपालमा

काठमाडौं– सामसङ नेपालले आफ्नो ग्यालेक्सी एस२५ सिरिजको प्रि–अर्डरमा नयाँ रेकर्ड कायम भएको घोषणा गरेको छ । ग्यालेक्सी एस२४ सिरिजको तुलनामा यस पटकको प्रि–अर्डर ६० प्रतिशतले बढी भएको छ । अब यी स्मार्टफोन नेपाली बजारमा खरिदका लागि उपलब्ध छन् ।

सामसङ र गुगल एपहरुबीच सहज अन्तरक्रिया गर्न झन् सरल बनाउन वन युआई ७ को साथमा जेमिनी अब ४६ भाषामा उपलब्ध छ । ग्यालेक्सी एस२५ सिरिजमा एआई एजेन्टहरू वन युआई ७ प्लेटफर्मसँग मिलेर काम गर्छन्, जसले विभिन्न एपहरूबीच सहज रूपमा जटिल कार्यहरू गर्न मद्दत गर्छ ।

नाउ ब्रिफले दिनभरिको लागि आवश्यक हुने सुझाव प्रदान गर्छ भने नाउ बारले फोनमा चलिरहेका सबै गतिविधिको लागि एकै ठाउँमा पहुँच दिन्छ । लेखनलाई प्रभावकारी बनाउने राइटिङ असिस्टदेखि रचनात्मकतालाई नयाँ उचाइमा पुर्‍याउन ड्रइंग असिस्टसम्म, ग्यालेक्सी एआईको विस्तारित क्षमताहरूले प्रयोगकर्तालाई हरेक दिन नयाँ अनुभव दिनेछ ।

ग्यालेक्सी एस२५ अल्ट्राको नयाँ ५० एमपि अल्ट्रावाइड क्यामेराले हरेक कोणबाट अद्वितीय स्पष्टताका साथ फोटो खिच्ने क्षमता दिन्छ । भरचुअल अप्यारेचार र सामसङ लग जस्ता प्रो–ग्रेड कन्ट्रोलले फोटो तथा भिडियोलाई सिनेम्याटिक बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्