डिशहोमको समर स्पिड अफर

काठमाडौं– डिशहोमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकलाई लक्षित गर्दै ‘समर स्पिड’ अफर सार्वजनिक गरेको छ ।
यस अफरअन्तर्गत १०० एमबीपीएस, २०० एमबीपीएस र ३०० एमबीपीएसका वार्षिक तथा २४ महिने प्याकेजमा थप तीन महिना बोनसको सुविधा उपलब्ध छन् । यससँगै ग्राहकले डिशहोम इन्टरनेट वार्षिक जडानमा नि:शुल्क फाईभ–जी राउटर प्राप्त गर्ने कम्पनीले जनाएको छ । डिशहोम इन्टरनेटको १०० एमबीपीएस वार्षिक जडानको (राउटर तथा भ्याटसहितको) मूल्य आठ हजार ५०० रुपैयाँ छ ।
यस्तै, २०० एमबीपीएस वार्षिक जडान (राउटर तथा भ्याटसहितको) मूल्य ११ हजार ५०० र ३०० एमबीपीएस वार्षिक जडान (राउटर तथा भ्याटसहितको) १३ हजार ५०० तोकिएको छ । यो अफर नयाँ र पुराना ग्राहकका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ । पुराना ग्राहकले आफ्नो वार्षिक प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकले वार्षिक इन्टरनेट जडान गर्दा यस अफरको फाइदा लिन सक्ने कम्पनीको भनाइ छ ।