सवारी कर्जा कसिलो भएको नाडाको गुनासो «

सवारी कर्जा कसिलो भएको नाडाको गुनासो

नाडा अटोमोबाइल्स एशोसिएसनले सवारी कर्जा कसिलो भएको गुनासो गरेको छ । नेपाल राष्ट्र बैंकले सवारी कर्जामा कडाई गरेपछि व्यापार घटेको भन्दै व्यवसायीहरूले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर व्यवसायमा परेको समस्याको बारेमा जानकारी गराएका छन् ।नाडा अटोमोबाइल्स एशोसिएसनले सवारी कर्जा कसिलो भएको गुनासो गरेको छ । नेपाल राष्ट्र बैंकले सवारी कर्जामा कडाई गरेपछि व्यापार घटेको भन्दै व्यवसायीहरूले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर व्यवसायमा परेको समस्याको बारेमा जानकारी गराएका छन् ।बुधबार अर्थ मन्त्रालयमा पुगेर नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका पदाधिकारीहरूले अर्थमन्त्री खतिवडालाई भेट गरी पछिल्लो समय उत्पन्न समस्याको विषयमा जानकारी गराएका हुन् ।
अर्थमन्त्री खतिवडालाई भेटेपछि नाडा एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्ण प्रसाद दुलालले सरकारी नीतिका कारण अटोमोबाइल बजार सिथिल भएको, बैंक कर्जा, डाउन पेमेन्ट र भन्सार दरका कारण व्यवसाय घटेको जानकारी गराएको बताए । उनले बैंक कर्जाको विषयमा सुधार गर्ने तथा भन्सार दरमा समेत केही कम गर्न सकिने र दुई चार दिन मै त्यसको समाधान गर्ने आश्वासन अर्थमन्त्रीबाट पाएको बताए । नेपाल राष्ट्र बैंकले हायर पर्चेज तथा घरजग्गा कर्जामा ऋण लिने व्यक्तिको कर चुक्ता भएको आम्दानीको पचास प्रतिशत भन्दा बढी नहुने गरी कर्जाको किस्ता व्यवस्थापन गर्न बैंकहरूलाई निर्देशन दिएपछि अटोमोबाइल्स क्षेत्र प्रभावित भएको छ ।
व्यवसायीहरूले सोही कारण २० प्रतिशतले व्यापार घटेको बताएका छन् ।प्रतिनिधि मण्डलले अर्थमन्त्री डा. युवराज खतिवडासँग भेटी फेयर ट्रेड, सवारी साधन तथा स्पेयर पार्टसको आयातको सन्दर्भमा देखिएका समस्याहरू बारे विस्तृत छलफल गरेको छ । नाडाले भिसिटिएसका सम्बन्धमा देखा परेको समस्याहरूको निराकरणका लागि छिट्टै तत्सम्बन्धी प्रशिक्षण कार्यक्रम पनि सम्पन्न गर्न लागेको उनले बताए । दुलालले काठमाण्डौ उपत्यकाको सडक तथा पुल निर्माणमा भइरहेको ढिलाइबारे जिज्ञाशा राख्दै कर कार्यालयका अधिकारीहरूले व्यवसायीहरूलाई गर्ने व्यवहार सम्मानजनक हुन नसकेको गुनासो समेत गरे । भेटघाटमा उपाध्यक्ष करण चौधरीले अटोमोवाइल व्यवसाय सुस्ताएको कारण डिलरहरूको लगानी डुब्ने अवस्था उत्पन्न भएको दुखेसो पोखे । छलफलमा महासचिव सुनिल रिजालले स्वच्छ व्यवसायको प्रवद्र्धनमा देखा परेका समस्या तथा चुनौतिहरूबारे आफना धारणा राखे भने उपस्थित नाडाका पदाधिकारी तथा सदस्यहरूले हेवि इक्युपमेण्टस तथा कमर्सियल सवारी साधनहरूको व्यवसायमा देखा परेका समस्याहरूको बारेमा पनि चर्चा गरेका थिए ।छलफलको क्रममा मन्त्री डा. खतिवडाले भारतबाट आउने भाडाका गाडीहरूको विषयमा चर्चा गर्दे अटोमोवाइल स्पेयर पार्टसको अवैध व्यापारलाई रोक्न आधिकारिक विक्रेताले मात्र स्पेयर पार्टस पैठारी गर्न पाउने सुझाव सकारात्मक रहेको बताए । उनले उच्च प्रविधिका विद्युतीय सवारी साधनहरूलाई सरकारले उच्च प्राथमिकता दिने बताउँदै बैङ्कहरूले लिने व्याज खाशगरी अटो लोनलाई पनि प्रणालीगत रुपमा स्थापित गर्ने बताए । 
सवारी साधनको व्यवसाय विशिष्ट किसिमको भएको भन्दै खतिवडाले नेपाल विश्व व्यापार संङ्गठनको सदस्य भएको हैसियतले सवारी साधनहरूमा लाग्ने करको दरमा पुर्नविचार गरिन लागेको जानकारी समेत दिए । सोही क्रममा उनले सुस्ताएको अटोमोवाइल व्यवसायलाई उठाउन व्यवसायीहरूले महशुस गर्ने गरी कार्यक्रम ल्याइने आश्वासन समेत दिए ।अर्थ मन्त्रालयलका राजस्व सचिव शिशिर ढुंगानाको समेत उपस्थिति रहेको सो छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत उपाध्यक्षद्वय करण चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, केन्द्रीय कार्य समिति सदस्य मिलनबाबु मल्ल, पंकज अग्रवाल, निलमणी पाठक, कपिल शिवाकोटी र प्रकाश कपुरी समेतको उपस्थिति रहेको थियो ।                                                                    

प्रतिक्रिया दिनुहोस्