Logo

चार सय बढ्यो सुनको मूल्य

काठमाडौं- सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

बिहीबार प्रतितोला सुन एक लाख ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएकाेमा शुक्रबार सोही परिमाणको सुनको मूल्य एक लाख ७० हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको छ । शुक्रबारका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ७० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्