नेप्से परिसूचक ७.२६ अंकले घटेर २ हजार ६ सय बिन्दुमा

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । नेप्से परिसूचक बिहीबार ७.२६ अंकले घटेर २ हजार ६ सय ७८.४७ बिन्दुमा कायम भएको हो ।
बुधबार ८ अर्ब ७१ करोडको शेयर कारोबार भएकोमा बिहीबार भने ३ सय २ वटा कम्पनीका १ करोड ५८ लाख कित्ता शेयर ७ अर्ब ९२ लाख रुपैयाँमा किनबेच भएको छ । बिहीबार फाइनान्स, लगानी र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर घटेको छ ।
बिहीबार विकास बैंक र जलविद्युत् समूहको शेयर झन्डै १ प्रतिशतले ओरालो लागेको छ । बिहीबार न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन मातृभूमि लघुवित्त, कुमारी सबल योजना र गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको शेयर १० प्रतिशतले बढेको छ ।