बबरमहलमा फुटेको पाइप मर्मत हुँदै

काठमाडौं- काठमाडौंको बबरमहलमा बुधबार दिउँसो विद्युत प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मतको काम भइरहेको छ । बुधबारबाट नै काम सुरु गरेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ ।
उक्त पाइप फुट्दा बुधबार दिउँसो बबरमहल क्षेत्र डुबानमा परेको थियो । प्राधिकरणले ड्रिलिङको काम गर्दा पाइप फुटेको थियो । पाइप फुटेपछि करिब ४ घण्टासम्म पानी बग्दा बबरमहल क्षेत्र नै डुबानमा परेको थियो ।