आइएमई लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं- आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले २१.०५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त प्रस्ताव बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । गत वर्ष भने कम्पनीले २६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।