२३ सय बढ्यो सुनको मूल्य

काठमाडौं- सुनचाँदीको मूल्य बढेको छ । बिहीबार सुन प्रतितोला दुई हजार ३ सय रुपैयाँले बढेको हो ।
बुधबार प्रतितोला सुन एक लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा बिहीबार सोही परिमाणको सुनको मूल्य एक लाख ६९ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको छ । बिहीबारका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ६५ रुपैयाँ निर्धारण गरिएको छ ।