Logo

मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल जलमग्न

काठमाडौं- मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा काठमाडौंको बबरमहल जलमग्न भएको छ । पाइप फुटेपछि त्यहाँ वरपरका सरकारी कार्यालयसमेत डुबानमा परेका छन् । वन परिसर, विशेष अदालत, जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा बाढी पसेको छ ।

बबरमहलमा नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरीको टोली खटिएको छ । काठमाडौं महानगर प्रहरीका कार्यबाहक प्रमुख एसपी विष्णु जोशीका अनुसार काठमाडौं जिल्ला अदालत अगाडि पाइप फुटेको हो । उनका अनुसार यो पाइप फुटेपछि काठमाडौंको खानेपानी नेटवर्क अवरुद्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्