Logo

सराङकोटमा धार्मिक पर्यटन महोत्सव हुने

पोखरा– पोखरा महानागरपालिकाको सराङकोटमा श्रीमद्भागवत ज्ञान महायज्ञ तथा धार्मिक पर्यटन महोत्सव हुने भएको छ । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटलाई धामका रुपमा विकास गर्न आगामी फागुन १४ देखि २१ गतेसम्म ६ करोड रुपैयाँ संकलन गर्ने लक्ष्यसहित महायज्ञ हुने प्रचार प्रसार संयोजक कृष्ण थापाले बताए ।

हाल सरकारी तथा गैरसरकारी निकायबाट करिब ३५ करोड बराबरको विभिन्न भौतिक संरचना निर्माण भइसकेको र बाँकी काम पनि जारी रहेको आयोजकले जनाएको छ । सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिको नेतृत्वमा २०६१ देखि वृहत गुरुयोजनामार्फत विशाल शिवमन्दिर, भ्यूटावर, १०८ शिवलिङ्ग, १०८ धारा, भुमे कालिका, गणेश मन्दिर, विभिन्न सुविधायुक्त भवन निर्माण गरेको प्रचार संयोजक थापाले बताए ।

सराङकोट धाममा निर्माण गरिएका सम्पूर्ण संरक्षण बाल उद्यान, योग ध्यान केन्द्रसहित दृष्यावलोकनका लागि आकाशे शिशाको पुलसहितको थप योजना सम्पन्न गर्न महायज्ञ आयोजना गर्न लागिएको समितिको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्