फागुनमा १८ बैंकको ब्याजदर स्थिर

काठमाडौं– फागुन महिनाको लागि व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर दुईवटा बैंकबाहेक सबै वाणिज्य बैंकले यथावत राखेका छन् । २० वाणिज्य बैंकमा दुई वटा बाहेक अन्य सबैले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत् राखेका हुन् ।
लक्ष्मी सनराइज र ग्लोबल आइएमई बैंकको ब्याजदर सामान्य परिर्वतन भएको हो । लक्ष्मी सनराइजले यसअघि व्यक्तिगत मुद्दती निक्षेपमा ५.७५ प्रतिशतसम्म ब्याजदर दिइरहेकोमा अब ५.५० प्रतिशत दिने भएको हो। त्यस्तै, ग्लोबल आइएमई बैंकले ५.७५ प्रतिशत दिइरहेकोमा अब भने ६ प्रतिशत ब्याजदर दिने भएको हो ।
अहिले सबैभन्दा उच्च ब्याज एनआइसी एसिया र एनएमबी बैंकमा पाइन्छ । यी दुवै बैंकले ६.६ प्रतिशतसम्म ब्याजदर दिने भएका छन् । त्यस्तै, सबैभन्दा कम ब्याज लक्ष्मी सनराइज र नेपाल एसबिआई बैंकले दिने भएको छ । यी सबै बैंकले अब ५.५० प्रतिशत ब्याज दिने भएका छन् ।
बैंकहरुले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा तोकेको अधिकतम ब्याजदर :


