ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका विशेषज्ञ डा. सन्देश पन्थी बंगलादेशको प्रधानमन्त्री गोल्ड मेडलबाट सम्मानित «

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका विशेषज्ञ डा. सन्देश पन्थी बंगलादेशको प्रधानमन्त्री गोल्ड मेडलबाट सम्मानित

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डा. सन्देश पन्थी बंगलादेशको प्रधानमन्त्री गोल्ड मेडलबाट सम्मानित भए ।
जन गणतन्त्र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले गत आइतबार प्रधानमन्त्री कार्यलायमा आयोजित एक विशेष समारोहमा डा. पन्थीलाई गोल्ड मेडलबाट सुशोभित गरेका थिए ।
डा. पन्थीले बंगलादेशको एकमात्र सरकारी मेडिकल विश्वविद्यालय बंगबन्धु शेख मुजिब मेडिकल विश्वविद्यालयबाट सन् २०१६ मा पाँच वर्षे एमडी एन्डोक्राइनोलोजी एन्ड मेटाबोलिज्म (डायबर्टिज, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ) विशेषज्ञता हाँसिल गरेका थिए ।
उनले सो विश्वविद्यालयको एन्डोक्राइनोलोजी एन्ड मेटाबोलिज्म विभागमा मात्र नभएर समग्र मेडिसिन फ्याकल्टीमा नै सर्वाधिक अंकसहित सर्वोत्कृष्ट नतिजा हाँसिल गरेका थिए ।
डा. पन्थी हाल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा डायबर्टिज, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञका रूपमा कार्यरत छन् । ग्राण्डी अन्तर्राष्ट्रिय परिवार डा. सन्देश पन्थीलाई यस सम्मानका लागि हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्छ ।

प्रतिक्रिया दिनुहोस्