Logo

कुमारी बैंक र अप्टिक आइजबीच सम्झौता

काठमाडौं– कुमारी बैंक र अप्टिक आइजबीच सम्झौता सम्पन्न भएको छ । बैंकका ग्राहकलाई अप्टिक आइजबाट प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता बमोजिम अप्टिक आइजबाट प्रदान गरिँदै आएका सेवामा ग्राहकलाई फ्रेम र सन ग्लासमा १५ प्रतिशत, आँखा जाँचको ओपिडी टिकटमा १० प्रतिशत, ब्रान्डेड फ्रेममा १० प्रतिशत, ब्रान्डेड लेन्स, कन्ट्याक्ट लेन्स, प्रेस्क्रिप्शन लेन्स, प्रोग्रेसिभ लेन्स, कन्ट्याक्ट लेन्स सोलुसनमा ५ प्रतिशत छुट र चश्माको सामान्य मर्मत तथा परामर्श नि:शुल्क गरिने सम्बन्धमा सम्झौता भएको हो ।

प्रतिक्रिया दिनुहोस्