Logo

एस.के. इनर्जीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

काठमाडौं– एस.के. इनर्जी डेभलपमेन्टले बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँका दरका २० लाख ८० हजार कित्ताले हुन आउने २० करोड ८० लाख बराबरको साधारण सेयर सर्वसाधारणमा जारी गर्नका लागि सानिमा क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

सो सम्बन्धी सम्झौतामा एस.के. इनर्जी डेभलपमेन्टका तर्फबाट अध्यक्ष वीरबहादुर राई र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । एस.के. इनर्जी डेभलपमेन्टले भोजपुरको षडानन्द नगरपालिका भएर बग्ने श्याम खोलाको पानीको बहाव सदुपयोग गरी ७.२ मे.वा. क्षमताको श्याम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्