आइएमईको स्टोरी एम्बेसडरमा साइग्रेस नियुक्त

काठमाडौं– स्टोरी टेलिङमा छुट्टै पहिचान बनाएका साइग्रेस पोख्रेल अर्थात् सन्तोष पोखरेल आइएमईको स्टोरी एम्बेसडरको रूपमा नियुक्त भएका छन् ।
विश्व श्रम बजारमा छरिएर रहेका नेपालीका भोगाइ र देखाइका अनभुतीलाई साइग्रेसले कथामार्फत उनीहरूका घर आगन र परिवारसम्मै पुर्याउन मद्दत गर्नेछन् । नेपाली माटोमा सिकेको सीप र क्षमतालाई विश्व बजारमा पुर्याएका नेपाली युवाको कथा अब साइग्रेसको आवाजमा सुन्न पाइने छ ।
कामको बाध्यता नभइ कामको हुटहुटीले पनि विदेशमा नेपालीले पसिना बगाएका छन् भन्ने कुराको प्रमाण समेत साइग्रेसको आवाजमा मिसिएको कथाले व्यक्त गर्ने कम्पनीको बुझाइ छ । साइग्रेसले आफ्नो आवाज दिएका आइएमईका सामग्रीलाई आइएमईका सामाजिक प्लेटफर्म युट्युब, फेसबुक तथा इन्स्टाग्रामलगायतमा सञ्जालमा पोष्ट गरिने पनि कम्पनीले जनाएको छ ।