Logo

अर्बिट इनर्जीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं- अर्बिट इनर्जी लिमिटेडले आगामी समयका लागि ५० लाख कित्ता साधारण शेयर (आईपीओ) आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु र सर्वसाधारणलाई निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्रीप्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौता-पत्रमा अर्बिट इनर्जीका तर्फबाट महाप्रबन्धक सुदिप खड्का तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका हुन् । अर्बिट इनर्जीले संखुवासभा जिल्लाको सभापोखरी गाँउपालिकास्थित साभाखोलाको पानी सदुपयोग गरी सभा खोला बी २१.५ मेगावाट र सभा खोला सी ६.३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

आयोजनाको निर्माण कार्य करिव ५५ प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । आयोजनामा भारतको फ्लोवेल इनर्जी प्राईभेट लिमिटेड तथा इटालीको ट्रोएर एजी कम्पनीबाट निर्मित अत्याधुनिक इलेक्ट्रोमेकानिकल समाग्रीहरु जडान गरी अबको १ वर्षभित्र आयोजना संचालनमा ल्याउने कम्पनीले जनाएको छ । आगामी दिनमा यस कम्पनीले अन्य आयोजनामा समेत लगानी गरी अगाडि बढ्ने योजना रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्