Logo

झण्डै दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १० दशमलव ९८ अंकले घटेर दुई हजार छ सय ७७ दशमलव ३२ बिन्दुमा झरेको छ ।

सोमबार एक करोड ४४ लाख ४३ हजार कित्ता शेयर छ अर्ब ९६ करोड दुई लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल रिपब्लिक मिडियाको २४ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

बोटलर्स नेपाल बालाजु र उपकार लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन साेमबार न्यादी जलविद्युत् र गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्