Logo

नेशनल लघुवित्त वित्तीय संस्था नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

काठमाडौं- नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित भएको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शतप्रतिशत बढेको छ ।

चालु आर्थिक वर्षको पौष मसान्तसम्ममा लघुवित्तले २१ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०६.६२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १० करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८७.९६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३७.२५ प्रतिशत घटेको छ । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ४६.८७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १०६.६२ प्रतिशत बढेको छ ।

दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा २४ करोड १५ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ३४ पैसा रहेको छ । नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १३ रुपैयाँ १२ पैसा बढेर ३२ रुपैयाँ ३४ पैसा पुगेको छ ।

सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २१९ रुपैयाँ ६७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४०.९१ गुणा रहेको छ । १ अर्ब ३३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ५९ करोड रुपैयाँ सञ्चित छ । लघुवित्तले पुस मसान्तसम्ममा २२ अर्ब ४५ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट २२ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्