Logo

बुद्ध एयरको भ्यालेन्टाइन अफर

काठमाडौं– बुद्ध एयरले १४ फेब्रुअरीका दिन मनाइने प्रणय दिवस (प्रेम दिवस) लाई थप स्मरणीय मनाउन भ्यालेन्टाइन अफर ल्याएको छ । बुद्धले पर्वतीय उडानमा एउटा टिकट किन्दा अर्को टिकट छुट दिएको जनाएको छ ।

यस अफरमा एकजना यात्रुलाई झ्याल र सँगैको सिट दिनेछ । पर्वतीय उडानमा सगरमाथा, नुप्त्से, ल्होत्से, मकालु, गौरीशंकरलगायत थुप्रै हिमश्रृंखला अवलोकन गर्न सकिन्छ । उडानमा जोडी यात्रुलाई चकलेट, गुलाबको फुल तथा चिया स्पटको मिठो खाजा खानाका लागि डिस्काउन्ट भउचर समेत दिइने बताइएको छ ।

यसैगरी गोलाप्रथाबाट छानिने ३ जना जोडी यात्रुका लागि दलाई–ला–बुटिक होटलमा दुई दिन एक रातको प्याकेज तथा अन्य सबै यात्रुका लागि डिस्काउन्ट भउचर प्रदान गर्ने कम्पनीले जनाएको छ । साथै, ५ जना जोडी यात्रुलाई चन्द्रागिरी केबलकारको आउजाउ टिकट उपलब्ध गराइनेछ ।

प्रतिक्रिया दिनुहोस्