कोकाकोलाको आर्थिक सहयोगमा साढे ५ अर्बको कार्यक्रम

काठमाडौं– किसानको आम्दानी बढाउने र वातावरण जगाउने उद्देश्यसहित साहारा नेपाल नामक गैरसरकारी संस्थाले नयाँ कार्यक्रम सुरू गरेको छ । कोकाकोला र वराहा क्लाइमेटसँगको सहकार्यमा सुरू गरिएको यो कार्यक्रम ४० मिलियन डलर बराबरको हो । यो लगानीमध्ये ७० प्रतिशत आर्थिक सहयोग भने कोकाकोलाले उपलब्ध गराउने जनाइएको छ ।
आइतबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको यो कार्यक्रमले विशेषत नेपालमा किसानको आम्दानी बढाउन, जमिन सुधार गर्न, पानी जोगाउन र जलवायु परिवर्तनको असर घटाउन केन्द्रित हुने बताइएको छ । परियोजना उद्घाटन कार्यक्रममा सभामुख देवराज घिमिरेले कृषि उद्यमशिलता आकर्षण गर्न र वातावरण संरक्षण गर्न यो कार्यक्रम प्रभावकारी हुने बताए ।