Logo

गल्फ लुब्रिकेन्ट्सको रिटेलर तथा मेकानिक्स मीट

काठमाडौं– नेपाल ल्युब आयल लिमिटेडले धनगढी, नेपालगञ्ज र सुर्खेतमा रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्ससँग छलफल कार्यक्रम सम्पन्न गरेको छ । नेपाल ल्युब आयलका आधिकारिक पार्टनर धनगढीको सयपत्री स्टोर्स, नेपालगञ्जको रवी ट्रेडर्स र सुर्खेतको दिपु एण्ड दर्शना अटो पाट्र्सको सहकार्यमा आयोजना भएको कार्यक्रममा नयाँ तथा पुराना बिक्रेता र मेकानिक्सले सहभागिता जनाएका थिए ।

रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स (पीजीएम) मीट कार्यक्रममार्फत कम्पनीले रिटेलर तथा पीजीएमसँगको सम्बन्ध विस्तार तथा समस्याबारे छलफल गरेको बताइएको छ । कार्यक्रममा नेपाल ल्युब आयलका प्रादेशिक बजार व्यवस्थापक राजन रावल र घनश्याम ओलीले गल्फका विभिन्न उत्पादनहरूको विस्तृत जानकारी प्रस्तुत गरेका थिए ।

उनीहरुले नेपाल ल्युब आयलका उत्पादन अटोमोबाइलदेखि उद्योगमा प्रयोग हुने सबै सेग्मेन्ट र ग्रेडका लुब्रिकेन्ट्स, ग्रीजको बारेमा विस्तृत रूपमा जानकारी गराएका थिए । त्यस्तै उनले नेपाल ल्युब आयलले बिक्री गरिरहेको प्राइड ब्याट्रीको बारेमा पनि जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्