Logo

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शाखा स्थानान्तरण

काठमाडौं– नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले हाल अवस्थित रहेको खुशिबु शाखा कार्यालय स्थानान्तरण गरेको छ ।

बैंकले काठमाडौं महानगरपालिका–१७ खुशिबुमा रहेको शाखा कार्यालय सोही वडाभित्र करिब ९० मिटर पश्चिममा आइतबार स्थानान्तरण गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले शाखाको उद्घाटन गरे । यस शाखाबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा दिने उनले बताए । खुशिबु शाखाबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ सेवा सुरू भएको छ ।

प्रतिक्रिया दिनुहोस्