Logo

सूर्यज्योति लाइफ इन्स्योरेन्सलाई इमर्जिङ इन्स्योरेन्स अवार्ड

काठमाडौं- जीवन बीमा क्षेत्रको एक प्रमुख कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीलाई इण्डियन च्याम्बर अफ कमर्सद्वारा आयोजित ‘इमर्जिङ इन्स्योरेन्स अवार्ड’ बाट सम्मान गरिएको छ ।

इण्डियन च्याम्बर अफ कमर्सले ७ फेब्रुअरी २०२५ मा थाइल्याण्डको बैंककमा आयोजना गरेको ‘पाँचौं इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२४’ मा सूर्यज्योति लाइफ बेस्ट इनोभेसन्स लिड बाई टेक्नोलोजी एन्ड इन्स्योरटेक विधामा अवार्ड जित्न सफल भएको हो ।

उक्त समारोहमा भारत, नेपाल, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार, थाइल्याण्ड लगायतका विभिन्न देशका बीमा कम्पनीका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो । पीडब्लुसी इन्डियन इन्स्टिच्युट अफ इन्स्योरेन्स तथा अन्तर्राष्ट्रिय बीमा विज्ञहरूको स्वतन्त्र मूल्यांकनका आधारमा विभिन्न वित्तीय सूचकांकहरूमा उत्कृष्ट कार्यसम्पादन गर्ने कम्पनीहरूलाई यो अवार्ड प्रदान गरिएको थियो ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले सो अवार्ड ग्रहण गरेका थिए । उक्त अवसरमा कम्पनीका सञ्चालक हेमन्त नहाटा, कर्मचारी निरञ्जन रेग्मी र गीता बस्नेत समेतको उपस्थिति रहेको थियो । साथै, कम्पनीका सञ्चालक हेमन्त नहाटा प्यानल डिस्कसनमा वक्ताका रूपमा सहभागी भएका थिए । उनले सूर्यज्योति लाइफले अवलम्बन गरेको डिजिटल प्रविधि, नेपालमा बीमा क्षेत्रको वर्तमान अवस्था तथा चुनौतीहरूबारे चर्चा गरेका थिए ।

कम्पनीले ऐतिहासिक मर्जर सफलतापूर्वक सम्पन्न गर्दै छोटो समयमै हरेक सूचकांकमा उत्कृष्टता हासिल गर्दै आएको छ । अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित अवार्ड प्राप्त गर्न अहोरात्र खटिएका कम्पनीका सम्पूर्ण कर्मचारी तथा अभिकर्ताहरूको प्रमुख भूमिका रहेको जानकारी दिँदै, बीमा प्राधिकरणको मार्गनिर्देशन, कम्पनी सञ्चालक समितिको विश्वास तथा हौसलाका लागि अध्यक्ष भट्टराईले कृतज्ञता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्