सन नेपाल लाइफ इन्स्योरेन्स तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स बैंककमा आयोजना भएको आइसीसी २०२४ एसिया इन्स्योरेन्स कार्यक्रममा तीन अन्तर्राष्ट्रिउ अवार्डबाट सम्मानित भएको छ । सहभागी बीमा कम्पनीहरू मध्येबाट उत्कृष्टताको आधारमा तीन प्रतिष्ठित विधामा सन नेपाल अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको हो ।
कम्पनीले‘उत्कृष्ट जोखिम व्यवस्थापन रणनीति, बीमा क्षेत्रमा महिला नेतृत्व तथा उत्कृष्ट ग्राहकमैत्री जीवन बीमा सेवा’ विधामा उक्त सम्पमान पाएको हो । सम्मान प्राप्त गर्दै कम्पनीले आफ्नो व्यावसायिक उत्कृष्टता प्रमाणित गरेको छ । बैंककमा आयोजित विशेष कार्यक्रममा उक्त अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले ग्रहण गरेका थिए ।
यो उपलब्धिले कम्पनीको नवीन रणनीति, समावेशी नेतृत्व, र ग्राहक केन्द्रित सेवामा उच्चतम मानक स्थापित गरेको दाबी कम्पनीले गरेको छ । यसले नेपालको बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनुका साथै ग्राहकहरूको विश्वासलाई अझ मजबुत बनाउने प्रेरणा प्रदान गरेको पनि कम्पनीले जनाएको छ । साथै, सन नेपालले १३९ शाखा तथा उपशाखा कार्यालयहरू मार्फत देशभर जीवन बीमा सेवा प्रदान गर्दै आफ्ना ग्राहकहरूको वित्तीय सुरक्षामा कार्यरत रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।