फूलखेतीको उत्पादन र बजारीकरणमा सहयोग गर्न माग «

फूलखेतीको उत्पादन र बजारीकरणमा सहयोग गर्न माग

झापाका उद्यमी महिलाले सरकारले नेपाललाई फूलखेतीमा आत्मनिर्भरताका लागि उत्पादन र बजारीकरणमा सहयोग गनु पर्ने जनाएका छन् । उद्यमीले महिलाले उत्पादन गरेका सामग्रीको बजारीकरणका लागि सरकारले सहयोग गर्नु पर्ने उद्यमी महिलाको माग छ ।
महिला उद्यमी संघ झापामा ७५ जना व्यवसायी महिला आवद्ध छन् । उत्पादित सामाग्रीको बेचविखनका लागि निश्चित स्थानको पहल गर्नु पर्ने उद्यमी महिला बताउँछन् । महिला उद्यमीलाई आफ्नो सीप र इच्छा अनुसारको काम गर्न उत्प्रेरणा दिनु साथै तरकारी खेतीका लागि ऋण प्रवाह गर्न सम्बन्धित वित्तिय संस्थाबाट सस्तो व्याजमा कर्जा उपलब्ध गराउनु पर्ने महिला उद्यमी संघ प्रदेश संयोजक गोमा भट्टराईले बताईन् । महिला उद्यमी संघ झापाको चौँथो साधारण सभामा बोल्दै भट्टराईले पर्यटन वर्षलाई लक्षित गर्दै होमस्टे सञ्चालनका लागि स्थानीय सरकारको पहलमा तालिम प्रदान गर्नु पर्ने आवश्यक रहेको जनाइन् । भट्टराईले महिला उद्यमी संघ झापा विशेष गरी सयपत्री फूलमा जिल्लालाई आत्मनिर्भर बनाउनका लागि पहल गर्दै आएको बताइन् ।
कुनै समय पुरुषको एकाधिकार रहेको उद्यम क्षेत्रमा पछिल्लो समय झापाका महिलाले राम्रो पकड जमाएको महिला उद्यमी संघ झापाकी सचिव नैनकला भट्टराई बताउँछिन् । “हामी आर्थिक स्तरोन्नतिसँगै समाजका लागि केही गरौँ भन्ने लक्ष्यका साथ उद्यममा लागेका छौँ” भट्टराई भनिन् । हरेक वर्ष महिला उद्यमी संघ झापाले सयपत्री फूल खेती गर्दै आएको छ । “यस वर्ष हामीले डेढ बिघा क्षेत्रफलमा सयपत्री फूल लगाएका थियौँ” उनले भनिन्, “बिरुवा र फूल गरेर १० लाख रुपैँया आम्दानी गर्न सफल भयौँ ।”
आवश्यक खर्च जुटाउन परिवारका अन्य सदस्यसँग निर्भर हुने झापपका महिलाले अहिले सफल उद्यमी महिलाको परिचय बनाइसकेका छन् । महिला उद्यमी संघ झापामा आबद्ध महिलाहरू सामूहिक र व्यक्तिगत रुपमा व्यवसाय गर्दै आएको व्यवसायी शुस्मा भण्डारी बताउँछिन् । व्यवसाय सञ्चालन गर्न नोक्रदेखि मालिकसम्म हुन सक्नुपर्ने अनुभव उनले सुनाईन् । व्यवसाय सञ्चालन गर्ने जो कोहीले मालिक मात्र बन्न चाहे व्यवसाय नै धरायसी हुने उनले बताइन् । भण्डारीले अदुवा प्रशोधन केन्द्र सञ्चालनमा ल्याएकी छन् ।
कुनै समय पुरुषको एकाधिकार रहेको उद्यम क्षेत्रमा पछिल्लो समय महिलाले राम्रो पकड जमाएका छन् । आर्थिक स्तरोन्नतिसँगै समाजका लागि केही गरौँ भन्ने लक्ष्यका साथ उद्यममा पकड जमाउन सफल भएका हुन्, झापाका उद्यमी महिला । आवश्यक खर्च जुटाउन श्रीमान् र परिवारका अन्य सदस्यसँग निर्भर हुने महिला अहिले सफल उद्यमी महिलाको परिचय बनाइसकेका छन् । महिला उद्यमी संघ झापामा आबद्ध महिलाहरू सामूहिक र व्यक्तिगत रुपमा व्यवसाय गर्दै आएका छन् । महिला उद्यमी संघ झापा आफैँले विगत दुई वर्षदेखि फूलखेती गर्दै आएको छ । महिला उद्यमी संघ झापाका महिलाले मह, विद्यालयका व्याग निर्माण, पशुपालक, होटल व्यवसायी, वेद बाँस उद्योग लगायत सञ्चालनमा ल्याएका छन् । सरकारले व्यवसाय गर्ने महिलाका लागि गत वर्षदेखि २५ लाख रुपैयाँ ऋण विना धितो उपलब्ध गराउँदै आएकाले ऋण लिएर उद्यम गर्ने महिलाको संख्या बढ्दै गएको एक्सेल डेभलपमेन्ट बैंक लि.का सिइयो दिनेश पोखरेलले बताए ।
सोमबार झापाको बिर्तामोडमा सम्पन्न महिला उद्यमी संघको साधारण सभामा उद्यमी महिलाले उत्पादन गरेका सामग्रीसमेत प्रदर्शनीमा राखिएको थियो । बिर्तामोड नगरपालिका –९की वडाध्यक्ष पवित्रा पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा उद्यमका क्षेत्र सक्रिय महिलाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्