ब्रेन ट्युमर सर्जरीमा एपोलो अस्पतालको सफलता

भारतको एपोलो अस्पतालले मष्तिष्कमा पलाउने ट्युमरको सर्जरीमा उल्लेख्य सफलता हात पारेको जनाएको छ । ब्रेन ट्युमर तथा अन्य प्रकारको रोगमा गरिने न्युरो सर्जरीमा जोखिम न्यून गर्ने प्रकारको प्रणाली अपनाएको जनाइएको अस्पतालले छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एपोले अस्पतालले अत्यन्त जटिल मानिने न्युरो सर्जरीमा जोखिम न्यून हुने प्रकारको उपकरण र प्रकृया अपनाउने गरी व्यवस्था गरेको जनाएको हो । यसरी गरिने शल्यक्रियाको सफलता दर उच्च रहेको एपोलो अस्पतालका वरिष्ठ न्युरो सर्जन डा. प्रणव कुमारले बताए ।
आफूले ८ हजारभन्दा बढी न्युरो सर्जरी गरेको भन्दै संसारका ४० वटा अस्पतालले अपनाएको अति आधुनिक प्रणाली एपोलो दिल्लीले पनि अपनाएको उनले बताए । एपोलो अस्पतालमा धेरै नेपाली उपचारका लागि पुग्ने गरेकाले न्युरो सर्जरीमा अपनाइएको आधुनिक प्रणालीबाट धेरै नेपालीले लाभ लिन सक्ने उनको भनाई छ ।
कार्यक्रममा झापाका नारायण श्रेष्ठले भारतको एपोलो अस्पतालले आफूलाई नयाँ जीवन दिएको बताए । उनले आफूलाई लाखौंमा एकजनालाई हुने ब्रेन ट्युमर भएको र एपोलो अस्पतालले बचाएको बताएका हुन् । अस्पतालका वरिष्ठ न्यूरो सर्जन प्रणव कुमारले शल्यक्रिया गरेर आफ्नो ज्यान बचाएको श्रेष्ठले जानकारी दिए । “यसअघि नेपालमा लाखौं खर्च भयो’, तर यहाँका अस्पताल र चिकित्सकले सही सल्लाह दिएनन्,” उनले भने । गत वर्षको भदौमा नेपालमै एक अस्पतालमा श्रेष्ठको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया सफल नभएपछि उनी भारतको दिल्लीस्थित एपोलो अस्पताल गएका थिए ।
श्रेष्ठको केस निकै जटिल भएको डा. प्रणवले बताए । त्यसमा पनि श्रेष्ठको ब्लड ग्रुप नेगेटिभ भएकाले पनि बढी खतरापूर्ण रहेको उल्लेख गर्दै उनले श्रेष्ठको जस्तै ट्युमरको शल्यक्रिया आफूले गर्दै आएको बताए ।
डा. प्रणवले शल्यक्रिया सफल हुन चिकित्सकको मात्र भूमिका नहुने भन्दै अस्पतालको वातावरण, अन्य प्राविधिक, मेडिकल उपकरण आदिको महत्वपूर्ण भूमिका हुने बताए । एपोलो अस्पतालमा विभिन्न रोगको उपचारका लागि बर्सेनि हजारौं नेपाली जाने गर्छन् ।
एपोलो अस्पताल दिल्लीकी वरिष्ठ जनसम्पर्क अधिकृत उषा अधिकारीले एपोलो अस्पतालमा उपचारका लागि जाने नेपालीका लागि विशेष ध्यान दिएर उपचारको व्यवस्था मिलाएको बताइन । उनले धेरै नेपाली एपोलो अस्पताल पुग्ने गरेको भन्दै नेपाली नागरिककोे उपचारमा कुनै पनि प्रकारको कठिनाई उत्पन्न हुन नदिने र भएमा समाधान गरिने बताइन् ।