Logo

लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश

फाइल तस्बिर ।

काठमाडौं– जिल्ला अदालत चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश दयाराम ढकालको इजलासले पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

सहारा चितवन सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा लामिछानेसहित १५ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ । सहारा सहकारी ठगीमा अभियुक्तको संख्या ३२ जना पुगेको छ ।

यसअघि लामिछाने कास्कीबाट ६५ लाख, काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी ठगीमा रुपन्देही अदालतबाट १ करोड रुपैयाँ धरौटीमा छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्