मनेश्वरी बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभा

मनेश्वरी बचत तथा ऋण सहकारी संस्थाको ९ औं वार्षिक साधारणसभा संस्थाको अध्यक्ष माधवकुमार थापाको अध्यक्षतामा सम्पन्न भएको छ । साधारणसभाको साधारण प्रस्तावहरुमा आर्थिक वर्ष २०७५-७६ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७६ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत), आव २०७५-७६ सम्मको आव २०७६-७७ को लागि लेखापरीक्षकको नियुक्ति र सञ्चालक समिति तथा लेखा समिति निर्विरोध निर्वाचित भएको थियो ।
अध्यक्षमा नरेन्द्र महर्जन, उपाध्यक्षमा सुनिल खड्गी, सचिवमा चन्द्रलाल श्रेष्ठ, कोषाध्यक्षमा गणेशप्रसाद तिमिल्सिना, सदस्यमा द्वारिका नाथ महर्जन, सदस्य सान्तकुमार महर्जन, सदस्यसंगीता खड्गी, लेखा समिति संयोजक विष्णुराज पाण्डे, लेखा समिति सदस्य रमिता महर्जन, लेखा समिति सदस्य शंकरबहादुर श्रेष्ठ निर्विरोध निर्वाचित भएको संस्थाले जनाएको छ ।