११ अंकले घटेको शेयर बजारमा कारोबार रकम भने बढ्यो

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार घटेको छ । नेप्से परिसूचक बिहीबार ११.६४ अंकले घटेर २ हजार ६ सय ९९.८१ बिन्दुमा कायम भएको छ । नेप्से परिसूचक घटेको दिन कारोबार रकम भने बढेको छ ।
बुधबार ८ अर्ब ९५ करोडको शेयर कारोबार भएकोमा बिहीबार ३ सय १५ वटा कम्पनीका १ करोड ८६ लाख कित्ता शेयर ९ अर्ब २४ करोड रुपैयाँमा किनबेच भएको छ । बिहीबार फाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक र अन्य समूहको शेयर १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
बिहीबार उपकार लघुवित्त वित्तीय संस्था र कर्पोरेट विकास बैंक समूहको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।