Logo

भैरहवा–बुटवलमा याडियाको इ स्कटुर

भैरहवा– इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी साधन निर्माता कम्पनी याडियाले हालै बजारमा ल्याएको इपोक स्कुटरको भैरहवा र बुटवलमा एकै साथ बुधबार बिक्री तथा प्रवर्द्धन सुरु गरेको छ । तीन महिनादेखि याडियाका विद्युतीय स्कुटर बिक्री वितरण गर्दै आएको यस क्षेत्रको वितरक जगत ई मोटर्स प्रालिले इपोक स्कुटरको बिक्री वितरण सुरु गरेको हो ।

बिक्री र प्रवर्द्धनका लागि सार्वजनिक भएको इपोक स्कुटी एक पटकको फुल चार्जमा १५० किलोमिटरसम्म चल्ने र ६ देखि ७ घन्टामा फुल चार्ज हुने जगत इ मोटर्सका सेल्स प्रमुख सञ्जय अधिकारीले बताए । अधिकारीका अनुसार इपोक स्कुटरमा ३८० मिमि पेडल स्पेशका साथै ६३० एमएमको फराकिलो सिट र ३० लिटर स्टोरेज बक्स (डिक्की) रहेको छ ।

त्यस्तै एप अनलक, उन्नत सुरक्षा र सहज कनेक्टिभिटी प्रविधि जडान गरिएको छ । अगाडी पछाडीको चक्कामा डिस्क ब्रेकहरु रहेका छन् भने असमान अफ रोडमा पनि स्थिर र सहज यात्रा सुनिश्चित गर्ने उनले बताए । प्रतिघण्टा ६० किलोमिटरको गतिमा गुडाउन सकिने स्कटुरले १५० एकटर्क उत्सर्जन गर्ने हुँदा सहरी र उकालो यात्रामा पनि सहज र पिक पावर क्षमताको रहेको कम्पनीले जनाएको छ ।

इपोकको बिक्री तथा प्रवर्द्धनका अवसरमा २ दिनसम्म ग्राहकका लागि अफरमा ५ हजार नगद छुट, नि:शुल्क हेलमेट तथा अन्य उपहार रहेको जगत ई मोटर्स प्रालिका प्रबन्ध निर्देशक रिश्चल थापाले बताए । भैरहवा –बुटवलमा याडिया ब्राण्डको इपोकसहित याडिया एम सिक्स, याडिया ईएटएस प्रो, याडिया जी सिक्स र याडिया जी फाइभ गरी पाँच वटा मोडेलमा स्कटुरको बिक्री वितरण भइरहेको छ । यसको सुरु गरेको छ । स्कुटरको मूल्य १ लाख ७५ हजार देखि ३ लाख ५० हजार रुपैयाँसम्म रहेको छ ।

प्रतिक्रिया दिनुहोस्