सन नेपाल लाइफको सहयोग

काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समता फाउण्डेसनलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग फउण्डेसनमा अध्यनरत विद्यार्थीको शिक्षातर्फ खर्च हुनेछ । एक कार्यक्रमको आयोजना गरेर कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले उक्त रकम फाउण्डेसनका प्रतिनिधि दिपक बस्नेतलाई हस्तान्तरण गरेका छन् ।
सबैका लागि शिक्षा सहज र सुलभ बनाउन समर्पित समता फाउण्डेसनलाई दिएको योगदानले विद्यार्थीको उज्जवल भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास लिएको कम्पनीले जनाएको छ । शिक्षा, स्वास्थ्य र समाजसेवाका क्षेत्रमा सक्रिय रहँदै आएको सन नेपाल लाइफले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।