Logo

सीवाइसी नेपाल लघुवित्तको नाफा बढ्यो

काठमाडौं– सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आ.व. २०८१/८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्तको खुद नाफासँगै प्रमुख सूचकहरु सबै बढेका छन् । यस अवधिमा खुद नाफा १०४.५९ प्रतिशतले बढेर ४ करोड ३१ लख ६२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा संस्थाले २ करोड १० लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेसँगै खुद नाफा पनि बढेको हो ।

साथै, इम्पेयरमेन्ट चार्ज रिभर्सल हुँदा पनि यसको नाफा बढ्न टेवा पुगेको हो । खुद ब्याज आम्दानी ३२ प्रतिशतले बढेर १७ करोड ४० लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफा १३७.५७ प्रतिशतले बढेर ५ करोड ९३ लाख ७१ हजार रुपैयाँ पुगेको छ । इम्पेयरमेन्ट चार्ज २ करोड ५३ लाख ९६ हजार रुपैयाँ रिभर्सल भएको छ । चुक्ता पुँजी २६ करोड ६४ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ४० पैसा र प्रतिसेयर नेटवर्थ २५१ रुपैयाँ ७४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको कार्यक्षेत्र विस्तार गर्न स्वीकृति प्राप्त यस वित्तीय संस्थाले ७७ जिल्लामा १२४ वटा शाखा कार्यालयहरुमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । आगामी दिनमा पनि कार्यक्रम विस्तार गर्दा लघुवित्त सेवाको पहुँच नपुगेका दुर्गम स्थानीय तहहरुलाई प्राथमिकतामा राखि काम गरेको छ । संस्थाले कुल एक लाख २२ हजार ७९७ विपन्न वर्गका घर परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्