दिब्योल लुब्रिकेन्ट्स नेपालमै उत्पादन हुने

काठमाडौं– दिब्योल लुब्रिकेन्ट्सले नेपालमै उत्पादन थाल्ने घोषणा गरेको छ । लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक बिक्रेता सत्यदिप इन्टरनेसनलले पत्रकार सम्मेलन गरेर कम्पनीका उत्पादन अब नेपालमै हुने जनाएको हो ।
दिब्योल लुब्रिकेन्ट्सका प्रबन्ध निर्देशक समिर पारेख, सेल्स हेड सिल्भानस परमार, नेपाल अटो मेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष ठाकुरप्रसाद न्यौपाने र सत्यदिप इन्टरनेसनलका प्रबन्ध निर्देशक दिपेन्द्रकुमार मिश्र लगायतको उपस्थिति रहेको थियो । १०० भन्दा बढी रिटेलर र मेकानिक्स सहभागी कार्यक्रममा दिब्योल लुब्रिकेन्ट्सको गुणस्तर र उपलब्ध प्रोडक्ट रेन्जका बारेमा जानकारी गराएको छ ।
सो अवसरमा गान्धार आयल रिफाइनरीका सेल्स हेड सिल्भानस परमारले दिब्योल लुब्रिकेन्ट्सको गुणस्तर, यसको विशेषता र नेपालमै उत्पादन थाल्नुको महत्त्वबारे प्रकाश पारे । दिब्योल लुब्रिकेन्ट्स हाल विश्वका १०६ भन्दा बढी देशमा बिक्री हुँदै आएको उनको भनाइ छ ।
सुलभ मूल्यमा गुणस्तरिय लुब्रिकेन्ट्स उपलब्ध गराएकै कारण आजका दिनमा दिब्योलको बजार विश्वभर विस्तार हुन सकेको उनले जिकिर गरे । नेपाली उपभोक्तालाई मूल्यमा थप सहुलित दिन र पहुँच विस्तार गर्ने हेतुले आफूँहरुले सत्यदिप ग्रुपसँग मिलेर नेपालमै यसको उत्पादन थालेको उनको भनाइ छ ।