२२ सय बढ्यो सुनको मूल्य

काठमाडौं– सुनचाँदीको मूल्य बढेको छ । दुई दिनमा सुनको मूल्य तोलामा चार हजार एक सय रुपैयाँले बढेको छ ।
सुनको मूल्य बुधबार दुई हजार दुई सय बढेर तोलाको एक लाख ६६ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य बुधबार ४५ रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।