Logo

चेम्बर एक्सपोमा कजारिया टाइल्सप्रति आगन्तुकको चासो

काठमाडौं– नेपाल चेम्बर अफ कमर्शले यहस् माघ ३० देखि फागुन २ गतेसम्म भृकुटीमण्डपमा विभिन्न उद्योग व्यवसायीहरुको भेला हुने गरी चारदिने कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । कार्यक्रमले कम्पनीहरूलाई आफ्ना उत्पादन र आविष्कार प्रदर्शन गर्न प्लेटफर्म प्रदान गरेको थियो ।

कजारिया रमेश टाइल्सले कार्यक्रममा एक आकर्षक स्टल राख्यो, जहाँ नेपालमै गर्वका साथ उत्पादन भएका उच्च गुणस्तर र आकर्षक डिजाइनका टाइल्स प्रदर्शनमा राखिएको थियोे । मजबुत, आकर्षक डिजाइन र अत्युत्तम गुणस्तरको लागि प्रख्यात कजारिया रमेश टाइल्सका उत्पादनमा दर्शकले चासो व्यक्त गरेका थिए ।

रमेश कर्प र भारतको अग्रणी टाइल उत्पादक कजारिया सेरामिक्सको संयुक्त उद्यम कजारिया रमेश टाइल्सले नवलपरासीमा उत्पादन प्लान्ट स्थापना गरेको छ । नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले स्थानीय कच्चा पदार्थ प्रयोग गरी वार्षिक ५.२ लाख वर्गमिटर टाइल उत्पादन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्